
धनगढी । च्याउ खाेज्न गएका बेला सम्पर्कविहीन भएका कञ्चनपुरकाे बेल्डाँडी गाउँपालिका-३ काे चउन्नीका तीन जना महिला सम्पर्कमा आएका छन् ।

आइतबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र च्याउ खाेज्न गएकी लक्ष्मी थापामगर, मञ्जु क्षेत्री र सीता चाैधरी साेमबार बिहान पाैने ६ बजेतिर सम्पर्कमा आएकाे प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले उनीहरू सम्पर्कमा आएकाे बताए । उनकाअनुस तीनै जनाले बिहानतिर घरमा फाेन गरि आफूहरू सकुशल जंगलभित्र रूखमा बसिरहेकाे बताएका छन् ।
प्रहरीकाअनुसार उनीहरूले फाेन गरेर रूखमा बसिरहेकाे बताउँदै लिन आउन समेत आग्रह गरेका छन् ।

