धनगढीमा खैरो हेरोइनसहित दुई जना पक्राउ

cp new add
Nisharg hospital

धनगढी । धनगढीमा खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–३ फिस रिसोर्ट नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

Nast Ad

आइतबार साँझ पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–३ का २५ वर्षीय कृष्ण चौधरी र १९ वर्षीय सुशिल घर्तीमगर रहेका छन्।

प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा उनीहरूलाई रोकी खानतलासी गर्दा ५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारेपछि दुवै जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...