बाजुरामा जिप दुर्घटना : घाइते दुई जनाकाे मृत्यु

cp new add
Nisharg hospital

धनगढी । बाजुराको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकमा जिप दुर्घटनमा घाइते  दुई जनाको मृत्यु भएको छ।

Nast Ad

प्रहरीका अनुसार धुलाचौरबाट दुधिला खोलातर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ज १४७८ नम्बरको जिप सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका हिमाली गाउँपालिका–२ का ४० वर्षीय धर्मलाल बुढा र हुम्लाको ताजाकोट गाउँपालिका–५ का करिब ४० वर्षीय अम्मर सिंह बुढाको कोल्टी आधारभूत अस्पताल, बाजुरामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालक २५ वर्षीय जनवीर बुढा र ३१ वर्षीया मिजरा बुढा मध्यम घाइते भएका छन्। यस्तै अस्मिता थापा, जंग सिंह बुढा, गोरख रोकाया, लोकेन्द्र बुढा र ९ वर्षीया सुस्मा बुढा सामान्य घाइते भएका छन्।

घटनालगत्तै अस्थायी प्रहरी पोस्ट कुवाडी र इलाका प्रहरी कार्यालय बुढीनन्दाबाट प्रहरी टोली खटिएको थियो। सबै घाइतेलाई उपचारका लागि कोल्टी आधारभूत अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...