
दाङ । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

गढवा गाउँपालिका–६ थानदेउखुरीका ५६ वर्षीय रामसेवक यादवको करेन्ट लागेर मृत्यु भएको हो।
सोमबार दिउँसो ४ बजेतिर पंखा बनाउने क्रममा उनलाई करेन्ट लागेको थियो। गम्भीर अवस्थाका उनलाई तत्काल उपचारका लागि गढवा स्वास्थ्य चौकी पुर्याउँदा स्वास्थ्यकर्मीले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक साहिल बुढाथोकीले जानकारी दिए।

