घरायसी विवादपछि बन्जिसाइड भिरबाट हाम फाले युवक, सशस्त्र प्रहरीद्वारा १३० मिटर तलबाट शव निकालियो

cp new add
Nisharg hospital

काठमाडौं । पर्वत जिल्लाको कुस्मा नगरपालिका–५ स्थित बन्जिसाइडको भिरबाट हाम फालेका व्यक्तिको शव सशस्त्र प्रहरीले निकालेको छ ।

Nast Ad

बागलुङ नगरपालिका–१४ नारायणस्थान घर भई हाल सोही ठाउँ बस्ने अन्दाजी ३३ वर्षीय दीपेन्द्र नेपाली सोमबार साँझ करिब ९ बजे सो भिरबाट हाम फालेका थिए । त्यसलगत्तै उनको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नं. २५ चण्डिका गण पर्वतबाट खटिएको टोली खटिएको थियो ।

आज बिहान पुनः सो गणबाट खटिएको विपद् व्यवस्थापन तालिम प्राप्तसहित सशस्त्र प्रहरीले उनको शव करिब सवा ७ बजे फेला पारेको हो ।

सो टोलीले उनको शव रोप रेस्क्यु विधिद्वारा करिब १ सय ३० मिटर तल भिरबाट झन्डै ३५ मिनेटको प्रयासमा निकालेको थियो । उनी सामान्य घरायसी विवादका कारण सो भिरबाट हाम फालेको बताइएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...