धनगढीमा ब्राउन सुगरसहित ३ भारतीय नागरिक पक्राउ

cp new add
Nisharg hospital

धनगढी । धनगढीमा ब्राउन सुगरसहित ३ भारतीय नागरिक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–६ केआई सिंह चोकबाट ब्राउन सुगरसहित तीन भारतीय नागरिक पक्राउ परेका हुन् ।

Nast Ad

वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक गोपाल कार्कीको कमाण्डमा खटिएको टोली तथा लागूऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगरको संयुक्त टोलीले उनीहरूलाई लागूऔषध सेवन गरिरहेको अवस्थामा फेला पारी चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा उनीहरूको साथबाट शुद्ध तौल १ ग्राम ८ मिलिग्राम ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भारतको लखिमपुर खिरी निवासी २४ वर्षीय सलमान खान, २५ वर्षीय जाहिद अली र २१ वर्षीय महोमद असलाम रहेका छन्।

बरामद लागूऔषधसहित पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...