डडेल्धुराको रडुवामा पहिरो, एकतर्फी मात्र राजमार्ग सञ्चालन प्रेसपत्र प्रकाशित २०८३ श्रावण ७, बिहीबार ०६:३३ धनगढी । डडेल्धुराको रडुवामा पहिरो खसेको छ । पहिरो खस्दा गन्यापधुरा गाउँपालिका–३ स्थित केआईसिंह राजमार्ग अवरुद्ध भएको छ । प्रदेश ट्राफिक प्रहरीकाअनुसार पहिरोका कारण अवरुद्ध राजमार्ग एकतर्फी सुचारु भइरहेको छ । पहिरो पन्छ्याउने काम पनि चलिरहेको छ ।