चिकित्सा शिक्षा सुधारमा गोविन्द केसीलाई जति धन्यवाद दिए पनि पुग्दैन : मन्त्री पोखरेल

cp new add
Nisharg hospital

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अनसनरत डा। गोविन्द केसीका मागबारे छलफल सुरु गरेको बताएका छन् ।

Nast Ad

मन्त्रालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री पोखरेलले भने, ‘गोविन्द केसीसँग अनौपचारिक छलफल सुरु भएको छ । उहाँको माग के हो कुरा भइ रहेको छ । ध्यानाकर्षण भएको छ ।’

विगतमा आफू डा। केसीको अभियानमा जोडिएको स्मरण पनि उनले गरे ।‘म उहाको अभियानमा जोडिएर काम गरेको हुँ । चिकित्सा शिक्षा सुधारमा उहालाई जति धन्यवाद दिए पनि पुग्दैन,’ मन्त्री पोखरेलले भने ।

८ वर्षअघि सामाजिक सञ्जालमा एउटा वाक्य निकै चर्चित बनेको थियो ।त्यो हो– डा. केसी जति लड्छन्, जो–जोसँग लड्छन्, म सधैं उनको साथमा हुन्छु ।

त्यसबेला यो लेख्ने व्यक्ति शिक्षामन्त्री पोखरेल थिए ।पोखरेल पनि डा। केसीका मागप्रति सहानुभूति राख्ने नेतामध्ये पर्छन् । अहिले डा। केसीले उठाएका मागमध्ये धेरै शिक्षा मन्त्रालयसँग प्रत्यक्ष सम्बन्धित छन् ।

चिकित्सा शिक्षा आयोगलाई स्वतन्त्र र प्रभावकारी बनाउने, चिकित्सा शिक्षा ऐनको पूर्ण कार्यान्वयन गर्ने, निजी मेडिकल कलेजहरूको मनपरी रोक्ने लगायतका मागमा अन्तिम निर्णय गर्ने जिम्मेवारी अहिले उनै पोखरेलको मन्त्रालयमाथि छ ।

त्यसैले सामाजिक सञ्जालमा अहिले प्रश्न उब्जिएको छ– त्यसबेला ‘जहिल्यै साथमा’ भन्ने मन्त्री आज केसीको मागसँगै छन् कि मन्त्रालयको निर्णयसँग रु

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...