कैलालीमा लागूऔषधसहित चार जना पक्राउ

cp new add
Nisharg hospital

धनगढी । कैलालीमा लागूऔषधसहित चार जना पक्राउ परेका छन् ।

Nast Ad

कैलारी गाउँपालिका–५ गोबरैला घाटबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने ४४७ मिलिग्राम पदार्थ र नगद रु। ११ हजार ५०० सहित दुई जनालाई शुक्रबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा कैलारी गाउँपालिका–७ भुईयाफाँटा निवासी २३ वर्षीय अमन चौधरी र भजनी नगरपालिका–९ पचमुडिया निवासी २७ वर्षीय निराजन चौधरी रहेका छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको टोलीले पक्राउ गरेको हो।

त्यसैगरी, मोहन्याल गाउँपालिका–७ पितमारीस्थित कर्णाली एडभेन्चर रिसोर्टबाट खैरो हेरोइनजस्तो देखिने १२० मिलिग्राम पदार्थसहित दुई जनालाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा मोहन्याल–७ निवासी २३ वर्षीय विनोद बिष्ट र हाल लम्कीचुहा नगरपालिका–३ चिसापानी टुक्कीबजार बस्दै आएका, कालिकोटको रास्कोट नगरपालिका–४ घर भएका २५ वर्षीय गोविन्द्र शाही रहेका छन्।

इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूऔषधसहित नियन्त्रणमा लिएको जनाएको छ। दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...