डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

cp new add
Nisharg hospital

धनगढी । २४औं सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीलाई धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगिएको छ ।

Nast Ad

केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि त्यहाँबाट अस्पताल लगिएको हो । धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालाको २११ नं. कोठामा अनशनरत केसीको शनिबार बिहान सेती प्रादेशिक अस्पतालका चिकित्सक डा. गजेन्द्र दुवालले परीक्षण गरेका थिए ।

परीक्षणका क्रममा डा. केसीको रक्तचाप ११०/९० र रक्तमा सुगरको मात्रा ५० रहेको पाइएको थियो । सुगरको मात्रा अत्यन्त न्यून भएकाले स्वास्थ्य अवस्था जटिल बन्दै गएको चिकित्सकले बताएका छन् । चिकित्सकले तत्काल सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरी उपचार गर्न सुझाव दिएका थिए । सोही अनुसार उनलाई अस्पताल लगिएको हो ।

डा. केसी बिहीबारदेखि विभिन्न पाँच बुँदे माग राख्दै धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा २४औं सत्याग्रहमा बसेका हुन् । डाक्टर केसीका सहयोगी अमृत जैशीकाअनुसार स्वास्थ्य अवस्था बिग्रिदै गएपछि मांसपेशी बाउडिने, बोल्न पनि असहज हुने, खुट्टाको अप्रेसन गरेका कारण हिँडडुल गर्न पनि कठिन भएपछि बाथरुम जान पनि समस्या भइरहेको छ ।

केसीले उठाएका माग सम्बोधन गर्न सरकार तयार रहेको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताइसकेका छन् । शुक्रबार साँझ डा. केसीका सहयोगी जैशीसँग कुरा गरेका मन्त्री पोखरेलले राति ११ बजेतिर स्वयंम केसीसँगै फोन संवाद गरेका थिए ।

संवादका क्रममा पोखरेलले सरकार माग सम्बोधन गर्न प्रतिबद्ध रहेको बताएका थिए । केसीले पाँच मागका अतिरिक्त सहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तत्काल तीन सय शैयाको अस्पताल सञ्चालन गर्नुपर्ने, चिकित्सा शिक्षाको अध्ययन थाल्नुपर्ने र स्वार्थ प्रेरित भएर गरिएको उपकुलपति र रजिष्ट्रारको नियुक्ति खारेज गर्नुपर्ने बटमलाइन भएको बताएका थिए ।

जवाफमा मन्त्री पोखरेलले ती माग सम्बोधन गर्नेगरि वार्ता टोली गठन गर्ने र सम्भव भएमा आफैँ धनगढी आउने बताएको केसीका सहयोगी डा. जैशीले बताए ।

 

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...