


काठमाडौं । देशभर मनसुनी प्रभाव कायम रहेकाले आज (साउन १० गते, आइतबार) पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हिमाली र पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली तथा तराईमा आंशिकदेखि सामान्य बदली रहनेछ।
दिउँसो हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थान र कोशी, मधेश, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।
राति भने देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। तराईका थोरै स्थानमा पनि वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ।
विभागका अनुसार रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रका बासिन्दा तथा यात्रुले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
