आइफोनको विवादमा १७ वर्षीय किशोरको हत्या, चार जना पक्राउ

cp new add
Nisharg hospital

काठमाडौं । बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापाको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

Nast Ad

नेपाल प्रहरीका अनुसार पक्राउ पर्नेमा सुदिप विक, रेमबहादुर विक, ददी परियार र असिम वन रहेका छन्। उनीहरूविरुद्ध यसअघि व्यक्ति बेपत्ता पार्न नहुने कसुरमा अनुसन्धान सुरु गरिएको थियो।

प्रहरीका अनुसार साउन १ गते राति लजिन थापा साथी असिम वनको जन्मदिन मनाउन दगातुन्डाँडा प्राथमिक विद्यालय पुगेका थिए। त्यहाँ लजिनसहित सात जना साथीले राति करिब १०:३० बजेदेखि बिहान ३ बजेसम्म मदिरा सेवन गरेका थिए।

साउन २ गते लजिनका परिवारले उनी बेपत्ता भएको भन्दै इलाका प्रहरी कार्यालय गलकोटमा खोजतलासका लागि निवेदन दिएका थिए। त्यसपछि गण्डकी प्रदेश प्रहरी कार्यालयको प्राविधिक टोली, पोलिग्राफ परीक्षण, तालिमप्राप्त कुकुर, ड्रोन क्यामेरा तथा स्थानीयवासीको सहयोगमा खोजी तथा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा साउन ९ गते बिहान बडिगाड गाउँपालिका–१ स्थित मनखोलाको खोल्सामा लजिनको शव फेला परेको थियो। शवलाई पोस्टमार्टमका लागि धौलागिरी प्रादेशिक अस्पताल, बागलुङमा राखिएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार आइफोनको विषयमा भएको विवादपछि कुटपिट हुँदा लजिनको मृत्यु भएको खुलेको छ। घटनामा संलग्न चारै जनालाई पक्राउ गरी हत्यासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...