कञ्चनपुरमा बेवारिसे काठ बरामद, अवैध ढुङ्गा ओसार्ने दुई ट्याक्टर नियन्त्रणमा

cp new add
Nisharg hospital

धनगढी । कञ्चनपुर प्रहरीले बेवारिसे अवस्थामा रहेको सागुनको काठ बरामद गर्नुका साथै अवैध रूपमा ढुङ्गा ओसारपसारमा संलग्न दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको छ।

Nast Ad

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको टोलीले शुक्रबार दिउँसो दोधारा चाँदनी नगरपालिका–७ टाउके टोलस्थित नेपाल–भारत सीमा नजिकबाट १८ क्युबिक फिट ९५ गोलिया० सागुनको काठ बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो।

बरामद गरिएको काठको अनुमानित मूल्य रु। १६ हजार २ सय रहेको प्रहरीले जनाएको छ। उक्त काठ आवश्यक कारबाहीका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको दोधारा पोस्टमा बुझाइएको छ।

यस्तै, इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटा स्थित ओदाली खोलाबाट अवैध रूपमा ढुङ्गा उत्खनन गरी ल्याइँदै गरेका दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार से १ त ८७०१ नम्बरको ट्याक्टर चालक कृष्णपुर–१ का ३५ वर्षीय पुष्कर चौधरी र सुदूरपश्चिम प्रदेश ०१–००२ त ४६३८ नम्बरको ट्याक्टर चालक सोही स्थानका ३१ वर्षीय प्रकाश चौधरीलाई नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा लिइएका दुवै ट्याक्टर आवश्यक कारबाहीका लागि शुक्लाफाँटा नगरपालिका कार्यालय, झलारीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...