सुदूरपश्चिम गाईजात्रा सिजन–२ हुँदै, मनोज गजुरेलको विशेष प्रस्तुति रहने

cp new add
Nisharg hospital

धनगढी । बैजनाथ सञ्चार प्रालिले संस्कृति संरक्षण, सामाजिक चेतना अभिवृद्धि र स्वस्थ समाज निर्माण गर्ने उद्देश्यले भदौ १७ गते धनगढीस्थित एसटीएस सिनेमा हलमा ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ आयोजना गर्ने भएको छ।

Nast Ad

मंगलबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक कार्यक्रमका अनुसार राष्ट्रिय हास्यव्यंग्य कलाकार **मनोज गजुरेल**को विशेष प्रस्तुति रहनेछ भने सुदूरपश्चिमका स्थानीय कलाकारलाई पनि प्रतिभा प्रदर्शन गर्ने अवसर दिइनेछ।

कार्यक्रममा हास्यव्यंग्य, प्रहसन, गीत–संगीत र सांस्कृतिक प्रस्तुति समावेश हुनेछन्। भ्रष्टाचार, सामाजिक असमानता, महिला हिंसा, बालअधिकार र युवा पलायनजस्ता विषयलाई व्यंग्यमार्फत प्रस्तुत गरिने आयोजकले जनाएको छ।

प्रवेश शुल्क रु. १,००० तोकिएको छ भने विद्यार्थीलाई १० प्रतिशत छुटको व्यवस्था गरिएको छ। आयोजकले कार्यक्रममार्फत सुदूरपश्चिमको कला, भाषा, संस्कृति र कलाकारलाई राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य राखेको जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...