कञ्चनपुरमा काठ र अवैध ढुङ्गा ओसार्ने ट्र्याक्टर नियन्त्रणमा

cp new add
Nisharg hospital

धनगढी । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जिल्लाका विभिन्न स्थानबाट बेवारिसे काठ र अवैध रूपमा ढुङ्गा ओसारपसार गरिरहेका ट्र्याक्टरहरू नियन्त्रणमा लिएको छ।

Nast Ad

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) टेक बहादुर रावतले अवैध नदीजन्य पदार्थ ओसारपसारमा संलग्न ट्र्याक्टर नियन्त्रणमा लिइएको जानकारी दिए ।

उनकाअनुसार इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरी टोलीले दोधारा चाँदनी नगरपालिका वडा नम्बर ७ टाउके टोलस्थित नेपाल(भारत सीमा नजिकैबाट काठ बरामद गरेको छ । उक्त स्थानमा बेवारिसे अवस्थामा फेला परेको १८ क्युफिट ५ गोलिया (अदाजी १६,२०० रुपैयाँ बराबरको) सागुरको काठ नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, दोधारा पोष्ट, कञ्चनपुरमा बुझाइएको छ।

त्यस्तै, इलाका प्रहरी कार्यालय गुलरीयाबाट खटिएको प्रहरी टोलीले कृष्णपुर नगरपालिका वडा नम्बर १ सुन्दरीफाटास्थित ओदाली खोलाबाट अवैध रूपमा ढुङ्गा निकाल्दै गरेका ट्र्याक्टरहरू नियन्त्रणमा लिएको छ।

ओदाली खोलाबाट फुल ट्रालि ढुङ्गा लोड गरी ल्याउँदै गरेका ट्र्याक्टरहरूलाई शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ बेल्डाडीबाट नियन्त्रणमा लिइएको हो। कृष्णपुर नगरपालिका वडा नम्बर १ सुन्दरीफाटा बस्ने वर्ष ३५ को पुष्कर चौधरीले चलाएको से १ त ८७०१ नम्बरको ट्र्याक्टर र वर्ष ३१ को प्रकाश चौधरीले चलाएको सुप्रप०१-००२ त ४६३८ नम्बरको ट्र्याक्टरलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि शुक्लाफाँटा नगरपालिकाको कार्यालय झलारी, कञ्चनपुरमा बुझाइएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...