अव्यवस्थित तारमा आगलागीपछि सरकारको चासो, तत्काल व्यवस्थापन गर्न निर्देशन

cp new add
Nisharg hospital

काठमाडौँ । राजधानीको थापाथली क्षेत्रमा लामो समयदेखि अव्यवस्थित रूपमा गुजुल्टिएर रहेका विद्युत तथा दूरसञ्चारका तारमा मंगलबार मध्यराति आगलागी भएको छ । आगलागीका कारण स्थानीय बासिन्दाको सुरक्षा र जनधनमा जोखिम बढ्न सक्ने भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चासो देखिएको छ ।

Nast Ad

मन्त्री विराजभक्त श्रेष्ठले घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै बुधबार बिहानै घटनास्थल पुगेर स्थलगत निरीक्षण गरेका गरे । निरीक्षणका क्रममा उनले अव्यवस्थित रूपमा झुन्डिएका तारले जुनसुकै बेला ठूलो दुर्घटना निम्त्याउन सक्ने भएकाले यसको व्यवस्थापनमा थप ढिलाइ गर्न नहुने बताएका छन्।

मन्त्री श्रेष्ठको पहलमा नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक संस्था, काठमाडौँ महानगरपालिका तथा अन्य सम्बन्धित निकायबीच आवश्यक समन्वय सुरु गरिएको मन्त्रीको सचिवालयले जनाएको छ ।

उनले सम्बन्धित निकायलाई जोखिमपूर्ण अवस्थामा रहेका तारको तत्काल व्यवस्थापन गर्न तथा दीर्घकालीन रूपमा व्यवस्थित तार व्यवस्थापनको कार्ययोजना कार्यान्वयन गर्न निर्देशन दिएका छन्।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...