न्यायाधीशमाथि महाअभियोगको दबाब आएको भन्दै विज्ञप्ति जारी गर्ने तीन संस्था कानुन समितिको छलफलमा अनुपस्थित

cp new add
Nisharg hospital

काठमाडौँ । सर्वोच्च अदालतका तीन न्यायाधीशमाथि महाअभियोगको दबाब आएको भन्दै विज्ञप्ति जारी गर्ने तीनवटा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले छलफलमा अनुपस्थित भएका छन् ।

Nast Ad

सर्वोच्चका वरिष्ठ न्यायाधीशमाथि महाअभियोगको दबाब आएको भन्दै आपत्तिसहित विज्ञप्ति जारी गरेका एमनेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्टका प्रतिनिधि छलफलमा सहभागी भएका छैनन् ।

छलफलमा कानुनमन्त्री सोविता गौतम, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार विमल पौडेल, संविधानविद् विपिन अधिकारी र खिमलाल देवकोटालगायत छलफलमा सहभागी भएका छन् ।

समितिले छलफलका लागि बोलाएको छलफलमा तीन वटा संस्थाका प्रतिनिधि उपस्थित नभएपछि सांसद यज्ञमणि न्यौपानेले असन्तुष्टि व्यक्त गरेका छन् ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...