तरकारी बोकेको ट्रक दुर्घटना हुदा एक जनाको मृत्यु

cp new add
Nisharg hospital

काठमाडौं । मकवानपुरमा तरकारी बोकेको ट्रक खोलामा खसेको छ।

Nast Ad

भिमफेँदी गाउँपालिका -२ तिलटारस्थित त्रिभुवन राजमार्गमा वीरगन्जबाट तरकारी लिएर जाँदै गरेको मधेस प्रदेश ०३-००२ ख ५०९५ नम्बरको ट्रक बुधबार बिहान २:३० बजे चिप्लिएर खोलामा खसेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बाक्लो हुस्सु र ओरालो बाटोका कारण ट्रक चिप्लिएर एक सय मिटर तलको चण्डी खोलामा खसेको हो। दुर्घटनामा ट्रक चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–९ बस्ने २३ वर्षीय रञ्जित कार्कीको दाहिने खुट्टा भाँचिएको छ भने शरीरका विभिन्न भागमा चोट लागेको छ।

ट्रकमा सवार चालकका काका ३६ वर्षीय अर्जुन कार्की गम्भीर घाइते भएका थिए। दुवै जनालाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएकोमा बिहान ९:१५ बजे चिकित्सकले अर्जुन कार्कीलाई मृत घोषणा गरे मकवानपुर प्रहरीले जनाएको छ।

दुर्घटनाका बेला ट्रकमा चालकसहित दुई जना मात्रै सवार रहेको खुलेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...