
धनगढी । धनगढीमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान भेटिएका छन् ।

मृत भेटिनेमा प्रहरी जवान राजेन्द्र सिंह सामन्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश बिष्टले जानकारी दिए ।
उनकाअनुसार सामन्त बुधबार बिहान १० बजेतिर धनगढी उपमहानगरपालिका–२ सन्तोशी टोलस्थित खोल्सामा मृत अवस्थामा भेटिएका हुन् । उनी रुखमा झुन्डिएको अवस्थामा भेटिएपनि घटनाबारे थप अनुसनधान भइरहेको छ ।
घटनास्थल कार्य सकेर मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । प्रदेश प्रहरी कार्यालय कार्यरत सामन्त धनगढीमै डेरा गरेर बस्दै आएका थिए ।

