
सिरहा । सिरहाको गोलबजारमा तनाव बढ्दै गएको छ । बिहीबार बिहानैबाट यहाँ दुई समूहबीच सुरु भएको झडप उग्र बन्दै गएको हो ।

प्रशासनले यहाँ दिउँसोबाटै कर्फ्यु लगाएको छ । अहिले नेपाली सेनासहितको सुरक्षा टोली सडकमा छ ।
प्रदर्शनका क्रममा एक जनाको निधन भएपछि अवस्था झनै तनावग्रस्त बन्न पुगेको हो ।
अवस्था नियन्त्रणमा लिनका लागि प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको थियो । अहिले पनि आगजनी र प्रदर्शनको क्रम भने रोकिएको छैन ।

