कैलाली र कञ्चनपुरबाट साढे २ लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

cp new add
Nisharg hospital

धनगढी । कैलाली र कञ्चनपुरमा प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका करिब २ लाख ५४ हजार रुपैयाँ बराबरका सामान बरामद गरेको छ।

Nast Ad

जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहीबार कैलालीका विभिन्न स्थानबाट बेवारिसे अवस्थामा करिब १ लाख ५० हजार ५० रुपैयाँ मूल्य बराबरको चिनी, पटका, साडी, सुटपिस, ब्लाउज तथा विभिन्न प्रजातिका फलफूलका बोटबिरुवा बरामद गरेको हो। आवश्यक प्रक्रिया पूरा गरी सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिका–११ स्थित डोकेबजार गुम्बा नजिकबाट प्रहरी चौकी परासनबाट खटिएको टोलीले बिहीबार राति बेवारिसे अवस्थामा भारतबाट भन्सार छली गरी ल्याइएका करिब १ लाख ४ हजार रुपैयाँ बराबरका चस्माका ग्लास बरामद गरेको छ।

बरामद गरिएका सबै सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाइने प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...