
महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१ र ३ को सिमानास्थित बाराकुण्डाबाट विष्णु मन्दिर जाने बाटोमा रहेको तुम्डी खोलाको पुलमुनिबाट प्रहरीले बेवारिसे भरुवा बन्दुक बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बिहीबार राति पुलमुनि लुकाइछिपाइ राखिएको अवस्थामा एक थान भरुवा बन्दुक फेला पारी बरामद गरेको हो।
बन्दुक कसले र किन त्यहाँ लुकाएको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

