
काठमाडौँ। सिरहाको लहानमा जारी कर्फ्यु हटाइएको छ भने गोलबजारको कर्फ्यु भने यथावत् राखिएको छ।

सुनसरीमा भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर युवकको मृत्यु भएको विरोधमा गोलबजारमा भएको प्रदर्शनका क्रममा औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको मृत्यु भएको थियो।
यादवको परिवारसँग सहमति भए पनि गणेशको शव गोलबजार नल्याएसम्म कर्फ्यु नहटाउने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए। गोलबजार क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न कर्फ्यु जारी राखिएको प्रशासनले जनाएको छ।

