डेरामा अचेत अवस्थामा फेला परेकी किशोरीको मृत्यु , घटनाबारे अनुसन्धान जारी

cp new add
Nisharg hospital

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० टिसिएन रोडस्थित डेरा गरी बस्ने एक किशोरी बिहान मृत फेला परेकी छन् ।

Nast Ad

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चितवनको भरतपुर महानगरपालिका–११ स्थायी घर भएकी अन्दाजी १७/१८ वर्षीया अनिशा विक हेटौंडा–१० मा डेरा गरी बस्दै आएकी थिइन् ।

उनी हेटौँडास्थित आरआरएस थकाली रोधीघरमा वेटरका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ । बुधबार बिहान करिब ६ बजे डेरामा रहेका साथीहरूले उनलाई अचेत अवस्थामा फेला पारेका थिए । त्यसपछि उपचारका लागि बिहान सवा ६ बजे हेटौंडा अस्पताल लगिएको थियो ।

अस्पतालमा चिकित्सकले ईसीजी परीक्षण गर्दा उनको मृत्यु भइसकेको पुष्टि गरेका थिए । घटना रहस्यमय भएको भन्दै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...