हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु

cp new add
Nisharg hospital

सुर्खेत। हुलाक निर्देशनालय सुर्खेतले आजदेखि नागरिकको घरदैलोमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) घरदैलोमा ढुवानी सुरु गरेको छ।

Nast Ad

यातायात व्यवस्था कार्यालय सुर्खेत, यातायात व्यवस्था सेवा केन्द्र रुकुम (पश्चिम) र जुम्लाले वितरण गर्ने सवारी चालक अनुमतिपत्र हुलाकमार्फत नागरिकको घरदैलोमा ढुवानी सुरु भएको हो। यसका लागि कर्णाली प्रदेश सरकार, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय सुर्खेतका सचिव अर्जुनकुमार बम र हुलाक निर्देशनालय सुर्खेतका निर्देशक गोविन्दप्रसाद पाण्डेले शुक्रबार समझदारीपत्रमा हस्ताक्षर गरी सो कार्यको औपचारिक आरम्भ गरेका थिए ।

नेपाल सरकार मन्त्रिपरिषद्को गत चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको बुँदा नं. २७ मा सरकारी सेवा घरमा नै उपलब्ध गराउने उल्लेख भएअनुरुप हुलाक सेवाले यस कार्यको थालनी गरेको हुलाक निर्देशनालयका निर्देशक पाण्डेले जानकारी दिए।

घरदैलोमा सवारी अनुमतिपत्र पुर्‍याइने भएपछि कर्णाली प्रदेशका दुर्गम र यातायात व्यवस्था कार्यालय नभएका जिल्लाका नागरिकले ठूलो रकम खर्च गरी लाइसेन्स लिन सुर्खेत, जुम्ला र रुकुम (पश्चिम) जानुपर्ने झन्झट अब समाप्त भएको उनले बताए।

निर्देशक पाण्डेका अनुसार यातायात व्यवस्था कार्यालयको लिखित र प्रयोगात्मक परीक्षालगायत मापदण्ड पूरा गरी सवारी चालक अनुमतिपत्र प्राप्त गर्न योग्यता पुगेका सेवाग्राहीले लाइसेन्स प्राप्त गर्न यातायात कार्यालयमा आउनुपर्ने छैन। मात्र रु ४० को हुलाक महसुलमा नागरिकको घरघरमा लाइसेन्स पुग्नेछ। यसअघि हुलाक सेवाले नागरिकको राहदानी, दूरसञ्चार संस्थाका सिमकार्ड र अन्य सामग्री नागरिकको घरघरमा पुर्‍याउने काम गर्दै आएको छ।

यसैगरी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षण हुन नसकेका रगत, दिसा, पिसाब, छालालगायत नमुना परीक्षणका लागि हवाई सेवाद्वारा छिटोछरितो काठमाडौँ पठाउने, स्वास्थ्य बिमा बोर्ड, खुला विश्विवद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालयलगायत संस्थाका सामग्रीसमेत हुलाकमार्फत आदानप्रदान हुने कामको सुरुआत भइसकेको हुलाक निर्देशनालय सुर्खेतले जनाएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...