

२३ कात्तिक, नवलपरासी । नवलपरासी पश्चिम क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरीले मतदाता भेटघाटलाई तीव्र बनाएका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका चौधरी बुधबार बर्दघाट नगरपालिका–१, ६ र ७ मा घरदैलो अभियान गरिरहेका छन् ।
अन्य उम्मेदवार र नेता कार्यकर्तासँगै आफ्नो निर्वाचन क्षेत्रको ग्रामीण बस्तीमा पुगेर मतदाता भेटिरहेका चौधरीलाई स्थानीय यहाँको समस्याका बारेमा कुरा राखिरहेका छन् ।
मतदाताले चौधरीलाई मत दिने तर उनीसँग विकासको प्रतिबद्धता खोजेका छन् ।चौधरीले जवाफमा स्थानीयकै मागअनुसार आफू काम गर्न प्रतिबद्ध भएको प्रतिबद्धता जनाएका छन् ।

