शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका शिक्षकको नतिजा सार्वजनिक

cp new add
Nisharg hospital

धनगढी । शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटा कैलालीले करार सेवामा शिक्षक छनोटको अन्तिम नतिजा सार्वजनिक गरेको छ।

Nast Ad

विश्वविद्यालयले गत फागुन ८ मा प्रकाशित विज्ञापनअनुसार खुला प्रतिस्पर्धाबाट विभिन्न विषयका प्राध्यापक तथा सह–प्राध्यापक पदका लागि सफल उम्मेदवारहरूको अन्तिम नतिजा सार्वजनिक गरेको हो ।

विश्वविद्यालयका अनुसार सफल उम्मेदवारहरूलाई योग्यताक्रमका आधारमा छनोट गरिएको छ। नतिजा अनुसार एनाटोमी, फिजियोलोजी, माइक्रोबायोलोजी, बायोकेमेस्ट्री, फरेन्सिक मेडिसिन, फार्माकोलोजी, नर्सिङ, इन्टरनल मेडिसिन, इएनटी, अर्थो एन्ड गाइनो, जनरल सर्जरी, एनेस्थेसियोलोजी, डेन्टल सर्जरी, पिडियाट्रिक्स, रेडियोलोजी तथा अर्थोपेडिक्स विषयमा सह–प्राध्यापक तथा प्राध्यापक पदका लागि उम्मेदवार छनोट भएका छन्।

अधिकांश विषयमा सह–प्राध्यापक पदका लागि उम्मेदवार छनोट भएका विश्वविद्यालयले जनाएको छ।

सूचनाअनुसार सफल उम्मेदवारहरूले २०८३ साउन २५ गतेभित्र विश्वविद्यालयको केन्द्रीय कार्यालयमा सम्पर्क गरी नियुक्ति बुझिसक्नुपर्नेछ।

 

हेर्नुहोस् को को छनोट भए

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...