एमाले सुदूरपश्चिमको प्रतिबद्धता पत्र सार्वजनिक, ५ वर्षमा ५० हजारलाई रोजगारी

cp new add
Nisharg hospital
suchana

२३ कात्तिक, धनगढी । नेकपा एमाले सुदूरपश्चिमले २७ बुँदे चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै अगामी पाँच वर्षको कार्यकालमा प्रदेशभरका ५० हजार जनालाई रोजगारी दिने दाबी गरेको छ ।

बुधबार एमाले सुदूरपश्चिम प्रदेश कमिटिले केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टको प्रमुख आथित्यतामा धनगढीमा कार्यक्रमको आयोजना गरेर २७ बुँदे चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।

उक्त प्रतिबद्धता पत्रमा प्रदेशमा अगामी पाँच वर्षमा ५० हजारलाई रोजगारी दिने र पूर्ण साक्षर तथा आत्मनिर्भर प्रदेश बनाइने उल्लेख गरिएको छ । प्रतिबद्धता पत्र सार्वजनिक गर्दै एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले एक गाउँ एक उत्पादन, एक परिवार एक रोजगार, भागबण्डामा होइन, प्राथमिकतामा योजना तर्जुको नीति अवलम्बन गर्ने, स्वस्थ नागरिक सबल प्रदेश अन्तरगत अस्पतालहरुलाई विशिष्टकृत रुपमा विकास गरिने बताए ।

उनकाअनुसार प्रदेश सुशासनको आधार नीतिगत र संरचनागत क्षेत्रमा सुधार, आत्मनिर्भर प्रदेश निर्माण गर्न राजश्व संकलन र स्रोत व्यवस्थापन, प्रदेशलाई पूर्ण साक्षर बनाउदै उद्यमशील शिक्षित युवा तयार गर्ने, सबै परिवारलाई मासिक १० हजार लिटरसम्म निःशुल्क पानी उपलब्ध गराउने प्रतिबद्धता पनि एमालेले गरेको छ ।

साथै प्रदेशबासीलाई वर्षायाममा ५० युनिट र हिउँदमा ३० युनिटसम्म निःशुल्क विद्युत उपलब्ध गराउने, श्रमिकको ज्याला २५ हजार पुगाउने, सरल र सहज रुपमा सार्वजनिक सेवा प्रवाह गर्ने, सामाजिक सुरक्षाको दायरा र सुविधा विस्तारलाई पनि प्राथमिकता दिइएको छ ।

कृषिमा आधुनीकीकरण गर्दै उत्पादकत्व बृद्धि, उत्पादनको भण्डारण, प्रशोधन र बजारीकरण, वन जंगलको संरक्षण तथा व्यवस्थापन, आवास विहीनलाई आवास सुविधा, दीगो यातायात पूर्वाधार निर्माण, आम सञ्चार तथा सूचना प्रविधिको विकास अन्तरगत इनटरनेट सुविधा निःशुल्क गर्ने, एक पालिका एक खेल मैदान निर्माण गर्ने, प्रदेश प्रहरीलाई प्रदेश मातहत ल्याउन आवश्यक नीतिगत र कानूनी व्यवस्था गर्दै प्रभावकारी सुरक्षा मिलाउने पनि प्रतिबद्धता पत्रमा भनिएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...