यसै वर्ष देशभर गुणस्तरीय फोरजी र फाइभजी सेवा विस्तार हुन्छ स् सञ्चारमन्त्री तिमल्सिना

cp new add
Nisharg hospital

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले चालु आर्थिक वर्ष २०८३/८४ लाई नेपालको दूरसञ्चार क्षेत्रमा व्यापक सुधार र रूपान्तरणको वर्ष बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले यसै आर्थिक वर्षभित्र देशमा पहिलो पटक व्यावसायिक फाइभजी सेवा सञ्चालनमा ल्याइने घोषणा गरेका छन् ।

Nast Ad

आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो वार्षिक कार्ययोजना सार्वजनिक गर्दै मन्त्री तिमल्सिनाले दूरसञ्चार क्षेत्रलाई प्रविधिमैत्री, गुणस्तरीय र नागरिकमैत्री बनाउने लक्ष्य सरकारको रहेको बताएका हुन् । उनका अनुसार सेवा विस्तार, पूर्वाधार विकास र नियामकीय सुधारलाई प्राथमिकतामा राखेर परिणाममुखी रूपमा काम अघि बढाइनेछ ।

मन्त्री तिमल्सिनाले आर्थिक वर्ष २०८३/८४ का लागि दूरसञ्चार क्षेत्रका सात प्रमुख प्राथमिकता तय गरिएको जानकारी दिएका छन् । ती प्राथमिकतामध्ये सबैभन्दा महत्वपूर्ण योजना नेपालमा पहिलोपटक व्यावसायिक फाइभजी सेवा सुरु गर्नु रहेको उनले उल्लेख गरेका छन् ।

उनका अनुसार देशभर उच्च गुणस्तरको फोरजी सेवाको पहुँच विस्तार गरिनेछ भने प्रत्येक नागरिकलाई भरपर्दो दूरसञ्चार तथा इन्टरनेट सेवामा पहुँच सुनिश्चित गर्ने लक्ष्य पनि सरकारले लिएको छ । साथै, मोबाइल र इन्टरनेट सेवाको गुणस्तरमा मापनयोग्य सुधार गर्दै सेवाग्राहीको अनुभवलाई थप प्रभावकारी बनाइने उनले बताएका छन् ।

मन्त्री तिमल्सिनाले सरकारी स्वामित्वको नेपाल टेलिकमलाई समयानुकूल रूपान्तरण गर्दै प्रतिस्पर्धी र प्रविधिमैत्री संस्थाका रूपमा विकास गरिने जानकारी दिए । दूरसञ्चार क्षेत्रको नियमनलाई थप प्रभावकारी बनाउने, सेवा गुणस्तरको अनुगमन प्रणाली सुदृढ गर्ने तथा सुशासन र उत्तरदायित्वमा आधारित कार्यसम्पादनलाई प्राथमिकता दिने सरकारको योजना रहेको पनि उनले स्पष्ट पारे ।

उनले सार्वजनिक गरेको कार्ययोजनामा आर्थिक वर्ष २०८३/८४ लाई ‘नेपालको दूरसञ्चार क्षेत्रमा अभूतपूर्व सुधारको वर्ष’ बनाउने लक्ष्य उल्लेख गरिएको छ । सरकारको यो योजनाले दूरसञ्चार सेवाको गुणस्तर सुधार, डिजिटल पूर्वाधार विस्तार र नागरिकलाई आधुनिक प्रविधिमा सहज पहुँच उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...