
काठमाडौं । शैक्षिक सत्र २०८४ देखि लागू हुने गरी नयाँ परिमार्जित पाठ्यक्रम तथा पाठ्यपुस्तक कार्यान्वयनमा आउने भएको छ । नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुरले एक सूचना जारी गर्दै यस सम्बन्धी जानकारी गराएको छ ।

पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को २०८२ असार १९ गतेको बैठकले नयाँ पाठ्यक्रम सिफारिस गरेको थियो । तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २०८२ साउन ९ गतेको निर्णयानुसार स्वीकृत सामाजिक अध्ययन विषयको कक्षा ४ देखि १२ को पाठ्यक्रम अनुसार विकास भएको हो । कक्षा ५, ८, १० र १२ का पाठ्यपुस्तकहरु शैक्षिक सत्र २०८४ देखि लागू हुनेछन् ।
पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को २०८२ मङ्सिर १७ गतेको बैठकको सिफारिस गरेको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयको २०८३ वैशाख ११ गतेको निर्णयबमोजिम स्वीकृत आधारभूत तह कक्षा १ देखि ३ को परिमार्जित पाठ्यक्रम २०८२ र प्रारम्भिक बालविकास तथा शिक्षाको परिमार्जित पाठ्यक्रम २०८२ समेत शैक्षिक सत्र २०८४ बाटै अनिवार्य रुपमा लागू हुनेछ ।
उक्त व्यवस्थाअनुसार कार्यान्वयन गराउनका लागि पाठ्यक्रम विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय इकाहरु, सबै स्थानीय तहहरु र सम्पूर्ण सरोकारवालाहरुलाई जानकारी गराएको छ ।


