मर्मतपछि टीकापुर–राजापुर जोड्ने झुलुङ्गे पुल पुनः सञ्चालनमा

cp new add
Nisharg hospital

साउन १९ — कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने कर्णाली नदीमाथिको झुलुङ्गे पुल आवश्यक मर्मतपछि पुनः सञ्चालनमा आएको छ। पिल्लरमा चिरा ९क्र्याक० देखिएपछि एक साताअघि बन्द गरिएको पुल सोमबारदेखि सर्वसाधारणका लागि पुनः खुला गरिएको हो।

Nast Ad

निर्माण कम्पनी थानी निर्माण सेवाका अनुसार पुलको पिल्लरमा देखिएको समस्या अत्यधिक भीडभाड तथा पिल्लरको आधार क्षेत्रमा रहेको माटोको अवस्थाका कारण हुन सक्ने प्रारम्भिक निष्कर्ष निकालिएको छ। प्रभावित भागको मर्मत सम्पन्न भइसकेको र पुल अहिले पूर्ण रूपमा सुरक्षित रहेको कम्पनीले जनाएको छ।

कम्पनीले भविष्यमा यस्ता समस्या दोहोरिन नदिन प्राविधिक टोलीमार्फत आवश्यक अध्ययन तथा दिगो समाधान गरिने प्रतिबद्धता जनाएको छ। साथै, पुलमा एकैपटक धेरै मानिसको भीड नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।

पछिल्लो समय उक्त झुलुङ्गे पुल आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। दैनिक ठूलो संख्यामा पर्यटक पुल अवलोकनका लागि पुग्ने गरेका कारण अत्यधिक भीड हुने गरेको बताइएको छ। पुल पुनः सञ्चालनमा आएसँगै टीकापुर–राजापुरबीचको आवतजावत पनि सहज भएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...