५.५ म्याग्निच्युडको भूकम्प, राजधानी सम्मै धक्का

cp new add
Nisharg hospital

इजिप्टको सर्म अल–शेखको उत्तर–पूर्वी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ५.५ म्याग्निच्युडको भूकम्प गएको छ।

Nast Ad

इजिप्टको राष्ट्रिय खगोल तथा भूभौतिक अनुसन्धान संस्थानका अनुसार स्थानीय समयअनुसार बिहान ३ बजे भूकम्पको धक्का महसुस गरिएको थियो।

संस्थानका अनुसार भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट करिब १० किलोमिटर गहिराइमा ३०.१९ डिग्री उत्तरी अक्षांश र ३२.६१ डिग्री पूर्वी देशान्तरमा रहेको थियो। भूकम्पको धक्का राजधानी कायरोसहित देशका विभिन्न क्षेत्रमा महसुस भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

भूकम्पबाट हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको संस्थानले जनाएको छ। इजिप्टियन रेड क्रिसेन्टले पनि प्रभावित क्षेत्रहरूमा आपतकालीन योजना सक्रिय पारिए पनि अहिलेसम्म कुनै क्षतिको सूचना नआएको पुष्टि गरेको छ।

भूकम्पपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री खालिद अब्देल–गफारले राष्ट्रिय स्वास्थ्य आपतकालीन योजना तत्काल कार्यान्वयन गर्न र मन्त्रालयको केन्द्रीय संकट तथा आपतकालीन कार्यकक्ष सक्रिय बनाउन निर्देशन दिएका छन्।

साथै, देशभरका अस्पतालका आकस्मिक र सघन उपचार कक्षलाई उच्च सतर्कतामा राख्न तथा एम्बुलेन्स र द्रुत प्रतिक्रिया टोलीलाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...