आज राष्ट्रियसभाको बैठक बस्दै, गृहमन्त्री गुरुङले जवाफ दिने

cp new add
Nisharg hospital

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बिहीबार अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने भएको छ।

Nast Ad

बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित सांसदहरूले उठाएका मौखिक प्रश्नहरूको उत्तर दिने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

यस्तै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षामन्त्री सिता बादीले पनि मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिनेछिन्। राष्ट्रियसभा सदस्य कमला पन्तले मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

त्यसैगरी, कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...