कैलालीको बर्दगोरियामा दुइ विद्यार्थी समूहबीच झडप, धारिलो हतियार प्रहारबाट एक जना घाइते

cp new add
Nisharg hospital

कैलालीको बर्दगोरिया गाउपालिकास्थित बसन्त मुरारी नमुना माध्यमिक विद्यालयका दुइ विद्यार्थी समुह बीच झडप भएको छ । झडपमा घारीलो हतीयार प्रहारबाट कक्षा १० मा अध्ययनरत विवश विकमाथि धारिलो हतियार प्रहार भएको छ।

Nast Ad

एउटै विद्यालयमा अध्ययन गर्ने साथीहरूको समूहले विद्यालय छुट्टिभए पछि बौनिया बजार क्षेत्रमा बिक माथि धारिलो हतियारले घाँटीमा प्रहार गर्दा उनी घाइते भएका छन्। घाइते विवश विकको बर्दगोरिया अस्पतालमा उपचार भइरहेको छ। घटनापछि विद्यालय क्षेत्र असुरक्षित बन्दै गएको भन्दै अभिभावकहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

पीडित पक्षले घटनामा संलग्न दोषीमाथि कानुनी कारबाही गर्न माग गरेको छ। , ईलाका प्रहरी कार्यालय बौनियाले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...