गृहमन्त्रीको दाबी– सरकारले जवाफभन्दा पहिले काम गर्छ

cp new add
Nisharg hospital

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले संसद्मा उठेका प्रश्नको जवाफ दिनुभन्दा पहिले नै सरकारले आवश्यक काम गरिसक्ने बताएका छन्।

Nast Ad

बिहीबार राष्ट्रिय सभा बैठकमा मनसुनजन्य विपद् व्यवस्थापनको तयारीबारे सांसदहरूले उठाएको ध्यानाकर्षण प्रस्तावमाथि जवाफ दिँदै उनले सरकारले संसद्बाट प्राप्त हुने मार्गदर्शनअनुसार निरन्तर काम गरिरहेको दाबी गरे।

राष्ट्रिय सभा सदस्य कमला पन्तको प्रस्ताव तथा मदनकुमारी शाह गरिमा, सोमनाथ पोर्तेल, पूजा चौधरी र पदमबहादुर परियारको समर्थनमा मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको तयारीबारे ध्यानाकर्षण प्रस्ताव दर्ता भएको थियो।

छलफलका क्रममा कांग्रेस संसदीय दलकी नेता कमला देवी पन्तले मन्त्रीको जवाफ ढिलो आएको भन्दै व्यङ्ग्य गरेकी थिइन्। उनले मनसुन सकिन लाग्दा मात्र प्रस्तावमाथि छलफल भएको उल्लेख गर्दै मन्त्रीले ‘ढिलो प्रस्ताव किन ल्याइयो ?’ भन्ने प्रतिक्रिया दिन सक्ने आशंका व्यक्त गरेकी थिइन्।

गृहमन्त्री गुरुङले भने जवाफ दिन ढिलाइ भएको स्वीकार गर्दै सरकार भने सुरुदेखि नै काममा सक्रिय रहेको बताए।

उनले भने, ‘यस विषयमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। सम्मानित सदनबाट प्राप्त हुने मार्गदर्शनबमोजिम सरकार सदैव क्रियाशील छ। जवाफ दिन केही ढिलाइ भएको हुन सक्छ, तर जवाफभन्दा पहिले नै हाम्रो काम अघि बढेको छ। त्यसबारे विस्तृत जानकारी पनि दिनेछु।’

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...