सम्पर्कविहीन  पूर्वमेयरको खोजी कार्य जारी

cp new add
Nisharg hospital

कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर ६५ वर्षीय किरण सिंह शुक्रबारदेखि सम्पर्कविहीन भएका छन् ।

Nast Ad

अहिलेसम्म उनको अवस्था पत्ता लाग्न सकेको छैन । ठूलो संख्यामा प्रहरी र स्थानीय बासिन्दा परिचालन गरी खोजी जारी राखिएको छ । उनी सवार मोटरसाइकल कपिलवस्तुको गोरुसिङ्गे जंगलमा फेला परे पनि व्यक्ति भने अझै भेटिएका छैनन् ।

सिंह सवार लु.प्र.०१०१३ प ७९७० नम्बरको मोटरसाइकल शुक्रबार दिउँसो पूर्व–पश्चिम राजमार्गबाट करिब ८ किलोमिटर भित्र जंगल क्षेत्रमा रोकिराखेको अवस्थामा फेला परेको थियो ।

मोटरसाइकल फेला परेपछि शुक्रबार बेलुकादेखि नै प्रहरीले स्थानीयको सहयोगमा जंगल क्षेत्रमा उनको खोजी गरिरहेको हो । थप बाँकी क्षेत्रमा आज पनि खोजी सुरु गरिएको छ ।

कपिलवस्तु प्रहरी प्रमुख एसपी मनोहर भट्टका अनुसार तालिमप्राप्त कुकुरसहित ८० भन्दा बढी प्रहरी परिचालन गरिएको छ । प्रहरी र स्थानीय गरी १०० भन्दा बढी मानिस सिंहको खोजीमा खटिएका छन् ।

प्रहरीका अनुसार शुक्रबार बिहान सिंह कपिलवस्तु नगरपालिका–३ स्थित आफ्नो घरबाट निर्माणाधीन कृषि फार्ममा जाने भन्दै मोटरसाइकलमा निस्किएका थिए । उनले सोही जंगल क्षेत्रमा माछापोखरी र कुखुरापालनका लागि फार्म निर्माण गरिरहेका थिए ।

फार्मतर्फ जाने क्रममा बाटो भुलेर उनी जंगलको अन्य क्षेत्रमा पुगेको हुन सक्ने प्रहरीको प्रारम्भिक आकलन छ । प्रहरीले सम्भावित सबै स्थानमा खोजी गरिरहेको जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...