एक्स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु

cp new add
Nisharg hospital

डोल्पामा एक्स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

Nast Ad

मृत्यु हुनेमा ठूली भेरी नगरपालिका-६ काँडातालीका ४२ वर्षीय मनवीर रोकाया रहेका छन् । ठूली भेरी नगरपालिका- २ लोचा गाउँसम्म सडकको ट्र्याक खोल्ने क्रममा बा।प्र ०१-००१ ग ४२१० नम्बरको एक्स्काभेटर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी घाइते भएका रोकायालाई उपचारका लागि जिल्ला अस्पताल दुनै लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सदरमुकाम दुनैदेखि लोचासम्मको सडकको ट्र्याक खुला गरिरहेको एक्स्काभेटर दुर्घटनामा परी सडकबाट करिब ५०/६० मिटर तल खसेको थियो ।

प्रहरीले दुर्घटनामा परेको एक्स्काभेटर ठूली भेरी नगरपालिकाको रहेको खुलेको र दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...