रोल्पामा पहिरोले गोठसहितको घर पुरिँदा दुई जनाको मृत्यु, दुई गम्भीर घाइते

cp new add
Nisharg hospital

काठमाण्डौँ । रोल्पाको थवाङमा अविरल बर्षापछि खसेको पहिरोले घरगोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ। थप दुई जना गम्भीर घाइते छन् । थवाङ गाउँपालिका-५ बोटलबारामा पहिरोले कमलबहादुर पुन मगरको घर लगायत ६ वटा अरू घर गोठहरु पुरिएको प्रहरीले जनाएको छ ।

Nast Ad

सूचना पाउना साथ इलाका प्रहरी कार्यालय उवा बाट सवा १० बजे पुगेर बेपत्ताको उद्धार कार्य सुरु गरेको थियो। पहिरोमा परी १८ वर्षीया शान्ति पुन मगर र अन्दाजी ६० वर्षीया कमलबहादुर पुन मगरको मृत्यु भएको छ।

प्रहरीका अनुसार उनीहरु पहिरोमा पुरिएर मृत अवस्थामा देखिएको छ। पहिरोबाट निकाल्न सक्ने अवस्था भने नरहेको रोल्पा प्रहरीले जनाएको छ।

सोही पहिरोका कारण २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सन्जय घर्ती मगरलाई गम्भीर अवस्थामा उद्धार गरिएको छ। उनीहरूलाई अस्पताल पठाउने तयारी भइ रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार त्यहाँ थप मानिसहरु समेत घाइते तथा पहिरोले पुरिएको हुन सक्ने हुँदा खोजी कार्य जारी रहेको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...