कांग्रेस पूर्वसभापति देउवा आज स्वदेश फर्किंदै

cp new add
Nisharg hospital

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज स्वदेश फिर्ता हुँदै छन् । देउवा दिउँसो १२ः३० मा नेपाल फर्किने तय भएको छ ।  पूर्वप्रधानमन्त्री समेत रहेका देउवा जेनजी आन्दोलनका क्रममा गरिएको सांघातिक आक्रमणमा गम्भीर घाइते बनेपछि उपचारार्थ कात्तिक १० गते राति सिंगापुर गएका थिए ।

Nast Ad

सरकार निकटस्थ विश्वस्त स्रोतका अनुसार देउवाको आवागमनमा कुनै बाधा अवरोध नगर्ने गरी ‘भद्र समझदारी’ बनेको छ । प्रधानमन्त्री वालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेसम्मलाई यो विषयमा जानकारी भएको ती उच्च अधिकारीको दाबी छ । “ढुक्क भएर उहाँ (देउवा) स्वदेश फर्किंदै हुनुहुन्छ । स्वतन्त्र आवागनमा कुनै बाधा अवरोध या धरपकड त्यस्तो केही नगर्ने, बरु निजी निवाससम्मै कडा सुरक्षामा राखेर पठाउने भन्ने छ,” स्रोतले भन्यो । देउवालाई सुरक्षाकर्मीले विशेष सुरक्षा दिएर निजी निवास महाराजगञ्जसम्म पुर्‍याउने तयारी छ ।

देउवा दम्पती सिंगापुरमै रहेका बेला उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ पुर्जी जारी गरेका थिए । सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको थियो । उक्त पक्राउ पुर्जी रोक्न माग राखेर वारेशमार्फत दिएको एक रिटमा सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी डा.आरजु राणा देउवालाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

सर्वोच्चका न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले गत जेठ ११ गते सीआईबी र विभागका नाउँमा उक्त आदेश जारी गरेको हो ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...