पूर्णबहादुरलाई भेटेर शशांकले दिए राष्ट्रिय भेलाको निम्तो

cp new add
Nisharg hospital

काठमाण्डौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला र पूर्वउपसभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ ।

Nast Ad

बुधबार बिहान शशांक खड्कालाई भेट्न उनको निवास गल्फुटारमा पुगेका हुन् ।

कोइराला यही साउन २९ गते देखि ३१ गतेसम्म आयोजना हुने राष्ट्रिय भेलामा सहभागी हुन निम्ता दिन खड्का निवास पुगेका हुन् । कोइरालाका स्वकीय सचिव भरत तिवारीले खड्कालाई राष्ट्रिय भेलामा सहभागी हुन आग्रह गरिएको जानकारी दिए ।

इतर समूहले पूर्वमहामन्त्री कोइरालालाई भेलाको मूल आयोजक समिति संयोजक बनाएको छ । राष्ट्रिय भेला काठमाण्डौँ को सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने छ । भेलाको प्रमुख अतिथि शेरबहादुर देउवा रहने बताइएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...