कांग्रेस बैठकमा गगनले भने– पूर्व सभापति देउवालाई स्वागत छ

cp new add
Nisharg hospital

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय समितिको बैठकबाट पूर्व सभापति शेरबहादुर देउवालाई स्वागत गरेका छन् ।

Nast Ad

सभापति थापाले पूर्व सभापति शेरबहादुर देउवालाई ‘स्वास्थ्य उपचारपछि नेपाल फर्कनु भएका पूर्व सभापतिलाई स्वदेशमा स्वागत छ’ भन्दै केन्द्रीय समितिको बैठक सुरु गरेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी गराए । साढे पाँच महिनाको विदेश बसाइपछि बिहीबार देउवा नेपाल फर्किएका छन् । उनको स्वागतका लागि अन्तराष्ट्रिय विमानस्थलमा कांग्रेसका नेता कार्यकर्ता पुगेका थिए । चुनावअघि देउवा सिंगापुर गएका थिए ।

देउवा फर्केको एकदिन पछि संस्थापनइतरले तीन दिने राष्ट्रिय भेला बोलाएको छ । यही बेला संस्थापन पक्षको केन्द्रीय समिति बैठक बसिरहेको छ ।पूर्व सभापति देउवा र पूर्व उपसभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतको पूर्व आदेशमा पुनरावलोकन गर्न दिएको निवेदनमा अदालतले निस्सा दिएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...