‘फूलको आँखामा फूलै संसार’ गीतका लेखक ‘जनकवि’ दुर्गालाल श्रेष्ठको निधन

cp new add
Nisharg hospital

काठमाडौँ । नेपाल भाषाका जनकवि तथा वरिष्ठ साहित्यकार दुर्गालाल श्रेष्ठको आइतबार राति निधन भएको छ। ९३ वर्षीय श्रेष्ठको बूढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको हो। उनी पछिल्लो समय लामो समयदेखि बिरामी थिए।

Nast Ad

विगत ६ दशकदेखि साहित्य सिर्जनामा निरन्तर सक्रिय श्रेष्ठले नेपाल भाषाका साथै नेपालीमा पनि कविता, गीतलगायत विभिन्न विधामा कलम चलाएका थिए । । नेपाल भाषा परिषद्ले उनलाई ‘जनकवि’को उपाधिबाट सम्मानित गरेको थियो।

उनले रचना गरेकाका ‘सयथरी बाजा एउटै ताल, सयथरी गोडा एउटै चाल’ र ‘फूलको आँखामा फूलै संसार’ जस्ता गीत चर्चित छन्।

साहित्यकार प्रा.डा. रामप्रसाद ज्ञवालीले श्रेष्ठको निधनले नेपाली साहित्य र संस्कृति क्षेत्रले एक महान् स्रष्टा गुमाएको बताएका छन्।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...