हिरासतमुक्त भएको भोलिपल्ट किशोर श्रेष्ठले लेखे- सत्य मरेको छैन, कलम हारेको छैन

cp new add
Nisharg hospital

काठमाण्डौँ । सर्वोच्चको अदालतको आदेशपछि हिरासतमुक्त भएका ‘जनआस्था’ प्रकाशन प्रालिका अध्यक्ष तथा सम्पादक र पत्रकार किशोर श्रेष्ठले आफू नहारेको र नमरेसम्म सत्य लेखिरहने बताएका छन्। रिहा भएलगत्तै सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उनले लेखेका छन्, ‘पन्छीको ठाउँ पिँजडा होइन, खुल्ला आकाश नै प्रिय लाग्छ उसलाई । ढिलो होला तर भ्रमको पर्दा च्यातिन्छ च्यातिन्छ । सत्य मरेको छैन । कलम हारेको छैन । सबैलाई बधाई, सबैलाई शुभकामना !’

Nast Ad

बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चको परमादेशअनुसार उनी सोमबार बेलुका हिरासतमुक्त भएका थिए । अदालतले श्रेष्ठलाई हिरासतमुक्त गरी हाजिर जमानी वा तारेखमा राखेर अनुसन्धान गर्न प्रहरीका नाममा परमादेश जारी गरेको थियो । पत्रकार श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले उक्त आदेश दिएको हो।

सर्वोच्चको आदेशलगत्तै नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा र पत्रकार श्रेष्ठकी पत्नी सरस्वतीलगायतको रोहबरमा जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई सोमबार राति करिब साढे ९ बजेतिर रिहा गरेको छ।

साथै, अदालतले जनआस्थाको कार्यालयबाट साउन २७ र २८ गते बरामद गरिएका ६ थान सीपीयू, कम्प्युटर, मोबाइल, ल्यापटप र आइप्याड लगायतका सञ्चार उपकरणहरू सर्वोच्च अदालतका सहरजिस्ट्रारको रोहबरमा निवेदक सरस्वती श्रेष्ठलाई तत्काल फिर्ता गर्न निर्देशनसमेत दिएको छ। रिहा भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पत्रकार श्रेष्ठले आफू यसअघि पनि पटक–पटक जेल बसेको उल्लेख गर्दै हालको घटनामा पनि सत्ताविबरुद्ध लेखेकै कारण सजाय भोग्नुपरेको बताएका थिए ।

‘जनआस्था अनलाइन’मा २०८३ साउन २५ गते प्रकाशित एक समाचार र तस्बिरलाई लिएर वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो। सोही जाहेरीका आधारमा प्रहरीले साउन २७ गते श्रेष्ठलाई पक्राउ गरी हिरासतमा राखेको थियो।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...