डोटीमा छोरीलाई बुवाले गर्भ बोकाएपछि..

cp new add
Nisharg hospital

धनगढी । पेट दुखेको सामान्य समस्याको उपचार गराउन अस्पताल पुगेकी युवती गर्भवती रहेको खुल्यो। त्यसपछि सुरु भएको सोधपुछले अन्ततः वर्षौंदेखि लुकिरहेको बुवा–छोरीबीचको गम्भीर सम्बन्धको रहस्य बाहिर ल्याएको छ। घटना सुदूरपश्चिमकै डोटीको दिपायल सिलगढी नगरपालिकाको हो ।

Nast Ad

दिपायल सिलगढी नगरपालिकामा पेट दुखेपछि उपचारका लागि अस्पताल पुगेकी २१ वर्षीया युवती गर्भवती रहेको खुल्यो। तर, अविवाहित युवतीको पेटमा १० हप्ताको गर्भ रहेको देखिएपछि चिकित्सकले थप सोधीखोजी गरे। यही चेकजाँचसँगै परिवारभित्र वर्षौंदेखि लुकिरहेको एउटा गम्भीर रहस्य पनि बाहिर आयो।

जिल्ला प्रहरी कार्यालय डोटीकाअनुसार युवतीलाई चेकजाँचका लागि उनका करिब ४५ वर्षीय बुवाले नै जिल्ला अस्पताल पुर्‍याएका थिए। चिकित्सकले युवती गर्भवती रहेको र उनी अविवाहित रहेको थाहा पाएपछि प्रहरीलाई जानकारी गराएका थिए।

प्रहरीले बुवा–छोरी दुवैसँग सोधपुछ गर्दा उनीहरूबीच विगतदेखि नै अनैतिक शारीरिक सम्बन्ध रहेको खुलेको प्रहरीको भनाइ छ। अनुसन्धानका क्रममा करिब तीनदेखि चार वर्षअघिदेखि यस्तो सम्बन्ध रहेको तथ्य खुलेको बताइएको छ।

त्यसपछि युवतीले आफ्नै बुवाविरुद्ध जबरजस्ती करणीको जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका व्यक्ति हाल जिल्ला प्रहरी कार्यालय डोटीको हिरासतमा छन् भने युवतीलाई सेभ हाउसमा राखिएको छ।

घटनाका बेला आरोपीकी श्रीमती पनि परिवारसँगै बस्दै आएको खुलेको छ। उनी जिल्ला प्रहरी कार्यालय पुगेकी थिइन् र श्रीमान्को उक्त कार्यप्रति आक्रोश व्यक्त गरेकी थिइन्।

डोटी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दका अनुसार पक्राउ परेका व्यक्तिविरुद्ध जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...