नेपाल र भारतबीच डिजिटल भुक्तानी थप सहज हुँदै, तुरुन्तै QR बाटै पैसा पठाउन र खर्च गर्न सकिने

cp new add
Nisharg hospital

काठमाडौं । नेपाल र भारतबीचको डिजिटल भुक्तानी प्रणाली अब अझ छिटो, सुरक्षित र सहज बनेको छ। भारतको ‘नेसनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया’ (एनपीसीआई) को अन्तर्राष्ट्रिय शाखा ‘एनआईपीएल’ ले दुई देशबीच सीमापार डिजिटल भुक्तानी कनेक्टिभिटीलाई थप सुदृढ बनाएको हो।

Nast Ad

यस प्रणालीले एकातिर भारतमा रहेका नेपाली र नेपालमा रहेका भारतीयहरूलाई एक-आपसमा पैसा पठाउन सहज बनाएको छ भने अर्कोतिर नेपाल घुम्न आउने भारतीय पर्यटक तथा नेपाली व्यवसायीलाई ठूलो राहत दिएको छ। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको सहकार्यमा भारतको यूपीआई र नेपालको एनपीआई प्रणाली जोडिएपछि अब दुवै देशबाट रियल-टाइममै (तुरुन्तै) पैसा पठाउन सकिन्छ।

यसको सबैभन्दा ठूलो फाइदा के हो भने, अब पैसा पठाउन बैंक खाताको लामो र संवेदनशील विवरण आदानप्रदान गरिरहनु पर्दैन। पैसा पाउने व्यक्तिको मोबाइल नम्बर वा यूपीआई आईडीकै भरमा सिधै बैंक खातामा रकम जम्मा हुन्छ। यसले दुई देशबीच काम, अध्ययन वा व्यापारका लागि बस्ने लाखौँ नागरिकलाई सुरक्षित र कम खर्चमा रेमिट्यान्स पठाउन सजिलो बनाएको छ।

नेपाल भ्रमणमा आउने भारतीय पर्यटकहरूले अब नगद बोकेर हिँड्नुपर्ने वा मुद्रा साट्न एक्सचेन्ज काउन्टर धाउनुपर्ने बाध्यता हटेको छ। उनीहरूले पशुपतिनाथ मन्दिर, मनकामना, चन्द्रागिरि हिल्स लगायत देशभरका होटेल, रेस्टुरेन्ट र पसलहरूमा फोनपेको क्यूआर कोड स्क्यान गरी आफ्नै भारतीय बैंक खाताबाट सिधै भुक्तानी गर्न सक्छन्।

सन् २०२५ मा मात्र २ लाख ९० हजारभन्दा बढी भारतीय पर्यटक नेपाल आएका थिए। डिजिटल भुक्तानीमा अभ्यस्त यस्ता यात्रुहरूबाट नेपाली व्यवसायीहरूले सिधै आफ्नो खातामा रकम प्राप्त गर्न सक्ने भएकाले व्यापार व्यवसाय सञ्चालन गर्न निकै सहज भएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...