३५० रुपैयाँको सामान किन्दा १० लाखको बम्पर उपहार

cp new add
Nisharg hospital

काठमाडौँ । सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार घोषणा गरेको छ।

Nast Ad

आन्तरिक राजस्व विभागले सोमबार अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार घोषणा गरेको हो। साउन १६ गतेदेखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा संलग्न उपभोक्ता मध्येबाट १६ जनालाई एक–एक लाखको विजेता र १ जनालाई बम्पर उपहार विजेता घोषणा गरिएको थियो।

जस अनुसार गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान किनेका उपभोक्ताले बम्पर उपहारमा १० लाख रुपैयाँ जितेका छन्। कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उपभोक्ताहरूमा सामान वा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिने र व्यवसायीले बिल दिने बानीको विकास गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए।

यस कार्यक्रमले राज्यको राजस्व संकलनमा वृद्धि गर्ने र सम्पूर्ण नागरिक तथा व्यवसायलाई औपचारिक अर्थतन्त्रको दायरामा ल्याउन मद्दत पु¥याउने लक्ष्य राखिएको उनले बताए। उनले आन्तरिक राजस्व विभाग, प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयको संयुक्त मेहनतबाट कुनै प्राविधिक त्रुटिविना कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गरे।

साउन १६ देखि ३१ गतेसम्मको अवधिमा मात्रै ३ लाख ५७ हजार १४९ वटा नगद कारोबारका बिलहरू उपहारका लागि दर्ता भएको विभागले जनाएको छ।

त्यस्तै क्यूआर कारोबारबाट उपहार योजनामा स्वतः सहभागी भएका उपभोक्ताको कारोबार संख्या ३ करोड २० लाख ८६ हजार ३८० पुगेको छ। कार्यक्रममा गत साउनको पहिलो पाक्षिकमा उपहार जित्नेहरूलाई नगद पुरस्कार प्रदान गरिएको थियो।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...