एकल महिलामाथि जबरजस्ती करणी आरोपमा २१ वर्षीय युवक पक्राउ

cp new add
Nisharg hospital

रामेछापमा ६१ वर्षीया एकल महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा २१ वर्षीय युवक पक्राउ परेका छन्।

Nast Ad

रामेछाप नगरपालिका–४ तिलबारीकी ६१ वर्षीया एकल महिलालाई उनकै घरमा जबरजस्ती करणी गरी फरार भएको आरोपमा सुनसरी घर बताउने २१ वर्षीय प्रेम बिसुंखे पक्राउ परेका हुन्।

प्रहरीका अनुसार घटना भदौ २ गते भएको हो। बिसुंखे लिखु बृहत् खानेपानी आयोजनामा मजदुरका रूपमा कार्यरत थिए। घटना भएपछि फरार भएका उनको खोजीका लागि सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धोबीँडाँडाबाट प्रहरी टोली परिचालन गरिएको थियो।

खोजतलासका क्रममा भदौ ३ गते तिलबारीस्थित मानिस नबस्ने एक घरमा लुकिछिपी बसेको अवस्थामा बिसुंखेलाई प्रहरीले फेला पारी नियन्त्रणमा लिएको हो।

पक्राउ परेका बिसुंखेविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...