प्रधानमन्त्रीसहित सरकार पुनर्गठन गर्न रविलाई एमालेको सुझाव

cp new add
Nisharg hospital

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्रीसहित सरकारको पुनर्गठन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सुझाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले यस्तो सुझाव दिएका हुन् ।

Nast Ad

‘रास्वपाका सभापतिज्यूले पार्टीको प्रमुख राजनीतिक नेताको हैसियतले प्रधानमन्त्रीसहित सरकारको पुर्नगठन गर्न अविलम्ब पहल गर्नुपर्छ,’ उनले भने । अन्यथा, आन्दोलन हुन सक्ने उनको चेतावनी छ ।

उनले भनेका छन्, ‘अन्तिम विकल्प बाँकी छ । अन्यथा, राष्ट्रियता, लोकतन्त्र तथा जनजिविकाको सवाल पुनर्स्थापना गर्न छिट्टै चारै दिशाबाट २००७ साल, २०४७ साल, २०६२ सालको भन्दा विशाल अल्पनीय जनसुनामी आउनेछ, निश्चित आउनेछ ।’

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...