चेक बाउन्सको मुद्दामा जनता टेलिभिजनका अध्यक्ष विजय पौडेल टेलिभिजन कार्यालयबाटै पक्राउ

cp new add
Nisharg hospital

 

काठमाडौं। जनता टेलिभिजनका अध्यक्ष विजय पौडेल पक्राउ परेका छन्। टेलिभिजनको बानेश्वरस्थित कार्यालयबाट पौडेल पक्राउ परेका हुन्। चेक वाउन्सको मुद्दामा उनी पक्राउ परेका हुन्। उनलाई सिंहदरबार प्रहरी वृत्तको टोलीले नियन्त्रणमा लिएको हो।

Nast Ad

दुई जना पूर्वकर्मचारीले १ लाख ७५ लाख हजारको चेक बाउन्सको मुद्दा दायर गरेका थिए। नयाँ श्रव्यदृष्य विद्युतीय माध्यम जनता टेलिभिजन २०७४ असारमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सो टेलिभिजनको शुभारम्भ गरेका थिए।

विसं २०७४ वैशाख २० गतेदेखि परीक्षण प्रसारण सुरू गरेको सो टेलिभिजनले असार अन्तिमदेखि नियमित प्रसारण सुरू गरेको थियो। जनता टेलिभिजनमा पूर्वपत्रकार, पूर्वकर्मचारीहरूले पारिश्रमिक नपाएको भन्दै आन्दोलन गर्दै आएका थिए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...