कैलालीमा दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य रंगेहात पक्राउ

cp new add
Nisharg hospital

धनगढी । कैलालीमा दुई लाख घुस रकमसहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ परेका छन् ।

Nast Ad

पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–४ को कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य देवबहादुर बम रहेका छन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले बिहीबार घुस रकमसहित बमलाई रंगेहात नियन्त्रणमा लिएको हो ।

अख्तियार महेन्द्रनगरका सूचना अधिकारी चेतराज भट्टकाअनुसार बमले विद्यालयमा कार्यरत कर्मचारीको पारिश्रमिक रकम वृद्धि गर्ने लोभ देखाएर रकम असुलेका थिए ।

उनलाई नियन्त्रणमा लिएर थप सोधपुछ तथा अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...